कस्तो अचम्म आमा छोरीलाई निर्ममतापूर्वक कुट्ने, बाबु भिडियो खिच्ने


१ मंसिर २०७६, आईतवार
yatana

भारत, १ मंसिर । आमा बाबुका लागि छोराछोरीको माया सबै भन्दा बढी हुन्छ । छोराछोरीका लागि आमा–बाबुले आफ्नो ज्यानसम्म दिन तयार हुन्छ ।

तर भारतको जम्बू कास्मिरमा एक छोरीमाथि आमाले गरेको कुटपिट र यातना रोक्नुका सट्टा रमाइलो मानेर भिडियो खिच्ने बाबुको यो काण्ड अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

भिडियोमा एक आमाले आफ्नै छोरीलाई कुटपिट गरिरहेको देख्न सकिन्छ । ती बालिकाले रोएर आमालाई यस्तो नगर्न पनि आग्रह गरिरहेकी छिन् ।

भिडियोमा देखिए अनुसार बालिकाकी आमाले छोरीको कपाल तानेर बेस्सरी घिसारेर उनको पिठ्युँमा पटक–पटक हिर्काउँछिन् । ती आमाले छोरीलाई चप्पलले पनि हिर्काएको देख्न सकिन्छ ।

त्यतिबेला बालिकाले बुवालाई पनि बोलाउँछिन् तर बुवा भने घटनाको भिडियो खिच्न व्यस्त हुन्छन् ।
भारतीय मिडियाका अनुसार भिडियो भाइरल भएपछि पुलिसले मुद्दा दर्ता गरेर बालिकाको आमा–बुवालाई पक्राउ गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७