नेपाली भूमीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह


२ मंसिर २०७६, सोमबार
pm kp oli

काठमाडौं, २ मंसिर । नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इञ्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् ।

काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इञ्च पनि जमिन मिच्न दिँदैन, संसारसामु शन्तिप्रिय छवि भएको नेपालले कसैको एक इञ्च जमिन मिच्दैन । छिमेकी देशले हाम्रो भूमीबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्रीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७