ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स र सेल्फी (भिडियाे)


२ मंसिर २०७६, सोमबार
gyanendra dance babal 1

काठमाठौं, २ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह गत शनिबार काठमाडौंको ठमेलस्थित एक नाइट क्लबमा गए । परिवारसहित ठमेलस्थित लर्ड अफ द ड्रिंकमा क्लबमा पुगेका पूर्वराजा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो‘’ स्वदेश गानमा अरूसँगै नाचे ।

क्लबका सञ्चालकमध्येका एक रवीन श्रेष्ठका अनुसार पूर्वराजा आफ्ना एडिसी, बुहारी हिमानी, छोरीसहित आएका थिएका । राति साढे ११ बजेतिर आएका ज्ञानेन्द्रले आफू आउने पूर्व जानकारी भने क्लबलाई गराएका थिएनन् ।

‘उहाँ यहाँ पुग्नु १० मिनेटअघि मात्र हामीले जानकारी पाएका थियौं,’ रविनले सुनाए, ‘पूर्व राजाको परिवारले करीब डेढ घण्टा रमाइलो गर्नुभयो ।’

पूर्वराजा शुरूमा समर्थकलाई अभिवादन मात्र गर्छन् । पछि उनी कोट फुकालेर नाच्छन् । केहीबेरमा उनका समर्थकले ज्ञानेन्द्र शाहसँग सेल्फी पनि खिच्छन् ।

उक्त जमघटमा हिमानी समेत प्रसन्न मुद्रामा देख्न सकिन्छ । पूर्व राजपरिवारका सदस्यहरुको रमाइलो भेलामा केहि कलाकार र सञ्चारकर्मीहरु समेत सहभागी भएका थिए ।

हेनुस् भिडियो (स्रोत सुरेश हमाल)

https://www.youtube.com/watch?v=j6XAXlR64K0

gyanendra
gyanendra sha
gyanendra dance
gyanendra dance 2
gyanendra dance 1
40
37
34
himani sha
himani

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७