हङकङको उच्च अदालतले भन्यो, ‘मास्क विरोधी कानुन असंवैधानिक’


२ मंसिर २०७६, सोमबार
Anti mask law has curbed Hong Kong protests scaled

हङकङ, मंसिर २ : मास्क प्रतिबन्ध कानुनलाई उच्च अदालतले असंवैधानिक भन्ने फैसला गरेको छ । अदालतको आजको फैसलामा उक्त कानुन हङकङको मिनि संविधानको रुपमा रहेको आधारभूत कानुनसंग असंगत रहेको भनिएको छ ।

आरटीएचकेका अनुसार न्यायधिसद्वय एण्डर्सन चाउ र गोडफ्रे लामले २४ प्रजातन्त्र पक्षधर विधायकको पक्षमा उक्त फैसला सुनाएका हुन् । अक्टुबर ५ देखि लागू हुने गरी ल्याइएको उक्त कानुनको विरोधमा ती विधायकहरुले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

अक्टुबर ४ का दिन कार्यकारी प्रमुख क्यारी लामले विरोध प्रदर्शनका कारण हङकङको स्थिति भयावह भएको र सार्वजनिक सुरक्षाको लागि भन्दै आपतकालिन नियमन अध्यादेशको धारा २४१ अनुसार उक्त कानुन लागू गरिएको घोषणा गरेकी थिइन् ।

उक्त कानुन अन्तर्गत स्वास्थ्य तथा सुरक्षाका लागि आवश्यक बाहेक सार्वजनिक कार्यक्रममा मास्क लगाउन प्रतिबन्ध लगाइएको थियो ।

सार्वजनिक कार्यक्रममा मास्क लगाएर उक्त कानुन उल्लघंन गर्नेलाई २५ हजार हङकङ डलरसम्म जरिवाना र १ वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको थियो । त्यो संगै प्रहरीलाई मास्क लगाउनेलाई खोल्न लगाउने र भनेको नमाने १० हजार हङकङ डलर जरिवाना र ६ महिनासम्म जेल सजाय हुने प्रावधान रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७