प्रचण्डको सरकारलाई प्रश्न : अझै कहाँ अल्झिएको हो ?


३ मंसिर २०७६, मंगलवार
Prachanda

भैरहवा, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दल र सरकार दुबैले जनअपेक्षा अनुसार काम गरिरहेको भए पनि परिणाम आउन नसकिरहेको औंल्याएका छन् ।

भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार नयाँ उत्साहका साथ काम गर्नका लागि लागिरहेको बताउँदै अब चाँडै नै जनताका अपेक्षाहरु पूरा हुने बताए ।

‘सरकार अझै पनि कहाँ अल्झिएको हो ?’ उनले प्रश्न गर्दै भने, ‘जनअपेक्षा अनुसार काम भएको छैन । केही ढिलो पक्कै भएकै हो । तर, सँधै यस्तो अवस्था रहँदैन ।’

उनले पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेको पनि गुनासो गरेका छन् । तर सरकारले व्यवसायीका सबै अपेक्षा पाँच वर्षभित्र पूरा गरिछाड्ने उनले बताए । सरकार देखिने गरी काम गर्ने पक्षमा रहेको सुनाउँदै अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, अब देखिने गरी काम हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७