प्रदेशसभा सदस्य नपाएपछि राजपा कार्यालयमा तोडफोड


१४ पुष २०७४, शुक्रबार
received 785350108290115

काठमाडौं: प्रदेशसभाको समानुपातिक सदस्यलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । मधेसी कर्मचारी मञ्चका सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् ।

मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकमा थिए । उनी सरकारी जागिर छाडेर समानुपातिकमा बसेका थिए ।

तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो । उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७