सुनको भाउ घट्यो, तोलाको कति ?


६ मंसिर २०७६, शुक्रबार
gold 2

काठमाडौं, ६ मंसिर । लगातारजसो बढिरहेको सुनको भाउ केहि ओरालो लागेको छ । नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ ।

शुक्रबार ३ सयले घटेर सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

स्थानीय बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदीको मूल्य ८६० रुपपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७