‘कलाकार चर्चित हुनु र लोकप्रिय हुनु फरक कुरा हो’


१० मंसिर २०७६, मंगलवार
deepak limbu singer scaled

नेपाल टेलिभिजनले सञ्चालन गरेको गायन रियालिटी शो ‘नेपाल तारा’ को उपाधि जितेसँगै दर्शकको मनमा बसेका थिए गायक दीपक लिम्बू । उपाधि हात पारेसँगै नेपाल चलचित्रको पाश्र्व गायनमा दीपक लिम्बूको एकछत्र राज चल्यो, आधुनिक विधाका गीतहरुमा पनि उनको चर्चा उतिकै रह्यो । आफ्नो सफलतामा श्रीमतीको महत्वपूर्ण भूमिका रहेको बताउने उनको नाम संगीत क्षेत्रकै एक पात्रसँग पनि जोडिएर आयो । पछिल्लो समय दीपकका गीतहरु पातलिए । श्रोता– दर्शकले उनको गीत सुन्न–देख्ने पाएनन् । नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएर उदाएका साँगीतिक आकाशका उज्यालो ‘दीप’ दीपक गायन क्षेत्रमा किन एकाध वर्ष गुमनाम भए ? यिनै विषयको सेरोफेरोमा उनै गायक दीपक लिम्बूसँग नयाँपेजले गरेको कुराकानी :

 

पछिल्लो समय गायनमा केहि निस्क्रिय देखिंदै आउनु भएको छ, के गर्दै हुनुहुन्छ ?

म गायन क्षेत्रबाट हराएको छैन । हराउन आएको पनि होइन र हराउँदिन पनि । पछिल्लो समय फुटकर एल्बम र गीत संगीतकै काम गरिरहेको छु । भर्खर आफ्नै गीतहरुको एउटा संग्रहको काम गरें । फेरि अर्को आउँदैछ उपहार भाग–४ । आलोकश्री दाइसँगको एल्बम अब चाँडै बजारमा आउँदैछ । काम गर्दै जाँदा ढिलो भइहाल्दो रहेछ । संगीतको दौं कहिले रफ्तारमा कहिले अलि धिमा हुनु अन्यथा होइन । तर, मैले मेरो कर्मलाई निरन्तरता दिइरहेको छु ।

काम त गरिरहनु भएको रहेछ । तर, पछिल्लो समय दीपक लिम्बूलाई सुन्न–देख्न पाइएन भन्ने तपाईका फ्यान, शुभचिन्तकहरुको भनाई छ नि ?

म हराएको छैन । मिडिया अनि सामाजिक क्षेत्रमा अलि सक्रिय हुन नसकेको चाँही मलाई पनि महसुस भइरहेको छ । मिडियामार्फत दर्शक–श्रोतालाई जानकारी गराउनु पर्ने थियो, त्यसमा म अलिक चुकेको हुँ । दर्शक श्रोतालाई त्यही भएर हराएको जस्तो लागेको हुनसक्छ । मेरो शुभचिन्तकहरुले मेरो खोजी गर्नु हुँदोरहेछ यसमा खुशी लागेको छ । अर्को कुरा म कुनै लेडिज कलाकारसँग जोडिएको कुरा सत्य होइन् । काम गर्दै जाँदा आउने अपवाद मात्र हो । अन्यथा त्यस्तो केही होइन ।

संगीत बाहेक अन्य पेसा व्यवसायमा पनि हात हाल्न लाग्नु भएको हो ?
संगीत भन्दा मेरो अरु परिचय छैन । म साधरण मान्छे हुँ । नेपाली तारा भन्दा अगाडि म ‘ब्राइटर तिम्रो सुर, मेरो गीत’ मा २०५७ सालमा विजयी भएको थिएँ । म गाउँमा जन्मेको किसान परिवारबाट आएको हुँ । गायन क्षेत्रमै म स्थापित भएको छु । अन्य पेसा व्यवसायप्रति अहिले कुनै लगाव छैन ।

चलचित्रको पाश्र्व गायनमा तपाईको एकछत्र राज नै थियो, अहिले एकाएक पातलिनुको खास कारण के होला ?

हो, पाश्र्व गायनमा मैले धेरै काम गरें । जुन हिसाबमा मैले काम गरिरहेको थिएँ पछिल्लो समय चलचित्र पनि कम बन्यो । त्यसले पनि कम भएको हुनसक्छ । तर, मैले अहिले पनि चलचित्रका लागि गीत गाइरहेको छु । गीतहरुको प्रस्ताव पनि आइरहेका छन् । बीचमा कार्यक्रमको शिलशिलामा ८ महिनासम्म नेपाल बाहिर भइयो । बीचमा कम्यिुनिकेसन पनि गायब हुन पुग्यो । यो बीचमा नयाँ–नयाँ गायकहरु पनि आउनु भयो । नयाँ स्वादका लागि नयाँ गायक राख्ने क्रम पनि भयो । नयाँ प्रयोग हुनु, नयाँ स्वर थपिनु राम्रो पनि हो ।

तपाई आउँदै गर्दाको सांगीतिक क्षेत्रको अवस्था कस्तो थियो ? अहिले कस्तो पाउनु हुन्छ ?

म त्यति धेरै पुरानो मान्छे पनि होइन । तर ५–१० वर्ष अगाडि गाउँहरुमा कार्यक्रमहरु एकदम कम हुन्थे । कलाकारहरुलाई एकदमै धेरै सम्मान गरिन्थ्यो । अहिले पनि गरिन्छ । त्यो बेला कार्यक्रम गर्नु एकदमै गाह्रो पनि थियो । प्राविधिक कठिनाइहरु थिए । कार्यक्रमहरु उस्तै हो तर, अहिले चाँही प्रविधिले सहज भएको छ । पहिले कलाकारको सम्मान पनि राम्रो हुन्थ्यो । रमाइलो हुन्थ्यो । अहिले त्यो अलि कम हुँदै गएको हो कि भन्ने महसुस चाँहि हुन्छ ।

देश–विदेशको सांगीतिक कार्यक्रममा दौडिरहनु हुन्छ । स्वदेश र विदेशका कार्यक्रममा के फरक पाउनु हुन्छ ?

दुई–चार महिना विदेशको कार्यक्रमको शिलशिलामा रहे । विदेशी हाम्रो कार्यक्रम हेर्न धेरै चाँहि नेपाली नै आउनु हुन्छ । यो विदेशी भूमिमा पनि हाम्रो नेपाली कलाकार आए भावनात्मक हिसाबले धेरै माया दिनुहुन्छ । नेपाल र विदेशमा कार्यक्रम त उस्तै हो । तर विदेशमा चाँही देशप्रतिको माया, सद्भाव अलि बढी हुँदो रहेछ । आर्थिक रुपमा पनि कलाकार र आयोजक दुबैलाई विदेशमा कायृक्रम आयोजना गर्दै केहि राम्रो पाएको छु ।

विदेशी भूमिमा पनि हाम्रो नेपाली कलाकार आए भावनात्मक हिसाबले धेरै माया दिनुहुन्छ । नेपाल र विदेशमा कार्यक्रम त उस्तै हो । तर विदेशमा चाँही देशप्रतिको माया, सद्भाव अलि बढी हुँदो रहेछ ।

अहिलेको चर्चित रियालिटीको शो ‘द भ्वाइस अफ नेपाल’ कतिको हेरिरहनु भएको छ ?

हो, म भ्वाइस अफ नेपाल सकेसम्म नियमित हेर्छु । मलाई लाग्छ भ्वाइस अफ नेपाल जस्तो गरिमामय शो नेपालमा आयोजना हुँदा खुशी लागेको छ । त्यो भन्दा अगाडि नेपाल आइडल जस्तो फ्रेण्डस् च्वाइस शो आउनु नै ठूलो कुरा थियोे । प्रतिभाहरुलाई अवसर, प्रेरणा दिन, प्रतिभा उजार गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छ । निष्पक्ष त हुनैपर्छ । प्रतिष्पर्धी छान्ने भन्ने कुरा कस्तो हुन्छ भने टप १० मा पुग्नु पनि ठूलो उपलब्धी हो । प्रथम हुनु, दोस्रो हुनु सानोतिनो मेहनत र साधनाले हुँदैन । त्यहाँसम्म आईसकेपछि भने उहाँहरु गीत संगीतका लागि योग्य भइसकेको हुनुहुन्छ । यहि व्यक्ति नै हुनुुपर्छ भन्ने लाग्दैन । सबै राम्रो हुनुहुन्छ ।

तपाईलाई चाँही यस्ता रियालिटी शोहरुमा निर्णायक (जज) को प्रस्ताव आएको छैन ?

मलाई जर्जको प्रस्ताव नै त आएको छैन । भ्वाइस अफ नेपाल मात्रै होइन अरु कुनै पनि प्रतियोगिताका लागि जजकाे प्रस्ताव आयो भने भन्नुहुन्छ ? भनेर चाँहि सोध्नु हुन्छ ? तर म जर्ज हुने बेला भइसकेको छैन कि जस्तो लाग्छ । जर्ज बन्नका लागि अझै मैले गीत संगीतमा बिताउनु पर्छ ।

तपाई जस्तै गीत संगीतमा स्थापित बन्न के गर्नुपर्छ ?
स्थापित कलाकार बन्नका लागि राम्रो गीत गाएर मात्र पनि हुँदैन । गीत संगीत क्षेत्र एक–दुई गीत गाएर स्थापित हुने क्षेत्र पनि हो जस्तो लाग्दैन् । यसका लागि धेरै समय गीत संगीतमा साधन गर्नुपर्छ । जस्तै प्रेमध्वज प्रधान, श्रेष्ठ । उहाँहरु अझै पनि गीत गाईरहनु भएको छ । उहाँहरु गीत संगीतको जिउँदो इतिहास हुनुहुुन्छ । कला संस्कृति जोगाउने कुरा सामान्य होइन । एउटा–दुई गीत गाएर मात्र स्थापित भइँदैन् । चर्चित हुनु र लोकप्रिय हुनु फरक कुरा हो । सबै चर्चित मान्छे लोकप्रिय हुँदैन । चर्चित नभएको लोकप्रिय हुँदैन भन्ने पनि हुँदैन । एउटा गीत गाए चर्चित भयो, १५–२० हरायो । यस्तो शैलीले स्थापित गराउँदैन ।

गीत संगीत क्षेत्र एक–दुई गीत गाएर स्थापित हुने क्षेत्र पनि हो जस्तो लाग्दैन् । यसका लागि धेरै समय गीत संगीतमा साधन गर्नुपर्छ । जस्तै प्रेमध्वज प्रधान, श्रेष्ठ । उहाँहरु अझै पनि गीत गाईरहनु भएको छ । उहाँहरु गीत संगीतको जिउँदो इतिहास हुनुहुुन्छ । कला संस्कृति जोगाउने कुरा सामान्य होइन

शुरुवात दिनमा तपाईलाई अग्रज कलाकारको साथ कस्तो थियो ?

मलाई अग्रज कलाकारहरुको साथ संघर्षको चरणमा थियो र अहिले पनि छ । मैले जोसँग भेटघाट गरे, सल्लाह लिएँ । उहाँ अग्रज कलाकार, गुरु र साथीहरु सबैले साथ दिनु भयो ।

अहिलेको सांगीतिक व्यापार चाँहि कस्तो देख्नु हुन्छ ?

सांगीतिक व्यापारमा धेरै परिवतन आइसकेको छ । १०–१२ वर्षअघिसम्म हारालुछ विक्री हुने सिडी–डिभिडी हराइसके भन्दा पनि हुन्छ । तर, अहिले युुट्युबले गर्दा केहि राहत मिलेको छ । डिजिटल प्रविधिले गर्दा नयाँ कलाकारलाई सहज भएको छ । विशेष कलाकारको प्रमुख आयस्रोत त स्टेज र्कायक्रम नै हो । गीत–संगीतको धार त्यही हो । प्रस्तुती फरक गर्ने मात्र हो । दर्शक र श्रोताले मन पराइरहनु भएको छ । अझै पनि मन पराई दिनुहुन्छ भन्ने विश्वास छ । यसका लागि आफ्नो तर्फबाट पनि मेहनत गर्न जरुरी छ ।

पूरा संवाद भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७