१२ सत्ताईसको रिलिज मिति माघ ३ मा सर्‍यो


१४ मंसिर २०७६, शनिबार
12 sataish scaled

 काठमाडौं, १४ मंसिर । नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ । यस अघि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस प्रा.ली.ले जनाएकाे छ ।

‘१२ सत्ताईस’को प्रचार प्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिमरुप दिन केही प्राबिधिक काम समेत बाँकिरहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको निर्माण कम्पनीले जारी गरेको नोटिसमा उल्लेख छ ।

लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहिदिन अघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउन खोजिएको छ । जोन योन्जनले निर्देशित चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोनराज, भीस्म जोशि, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् । भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ । अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन् । चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७