धरान उपमहानगरमा कांग्रेसको अग्रता कायमै, नेकपालाई ‘धक्का’ को खतरा


१६ मंसिर २०७६, सोमबार
Tilak rai

काठमाडौं, १६ मंसिर । प्रतिष्ठाको लडाइका रुपमा हेरिएको धरान उपमहानगरको उपचुनावमा मत परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

अहिले पनि धरान उपमहानगरपालिकाको मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सोमबार बिहानको ताजा मत परिणामअनुसार नेपाली कांग्रेसका तिलक राईले अग्रता जारी राखेका छन् । उनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेद्वार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् ।

नेकपा उम्मेदवारले शुरुआती अग्रता लिए पनि झिनो मतान्तरका साथ कांग्रेस उम्मेद्वारले निरन्तर अग्रता कायमै राखेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बूले एक हजार ८ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बूले ६ सय ५२ मत ल्याएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार धरानमा पनि सत्तारुढ नेकपालाई धक्का पुग्ने खतरा देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७