बाग्लुङ जीप दुर्घटना अपडेट : मृतक १४ मध्ये १० को सनाखत (सूचीसहित)

घाइतेलाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


१७ मंसिर २०७६, मंगलवार
TasbirSaujanyaDenishSharma accident
hLk b’3{6gf:yndf p4f/ sfo{ rNb} afun’ª, !& dªl;/ M afun’ªsf] al8uf8 ufpFkflnsf–& df dªunaf/ laxfg ePsf] hLk b’3{6gfkl5 p4f/df vl6b}F ;’/IffsdL{;lxt ;j{;fwf/0f . u’NdLsf O:df ufpFkflnsf–% af6 afun’ªsf] lg;Lvf]nf ufpFkflnsftkm{ hfFb} u/]sf] u=!h %#!( gDa/sf] hLk b’3{6gf x’Fbf !$ hgf ofq’sf] 36gf:ynd} d[To’ ePsf] 5 . uDeL/ 3fOt] # hgfnfO{ p4f/ u/L c:ktfn k’¥ofOPsf] k|x/Ln] hgfPsf] 5 . t:jL/ ;f}hGo M lbg]z zdf{÷/f;;

बागलुङ, १७ मंसिर । बागलुङको बडिगाउँमा जीप दुर्घटनामा परी मृत्यु भएका १४ मध्ये १० जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका–५ की माया थापा (२३ ), वसुन्धरा कार्की, झुमा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५), धनबहादुर कार्की, झवि कार्की (४०) र सूचना कार्की छन् ।

accident

यस्तै नवलपरासी वर्दघाटकी लक्ष्मी केसी (५५), बागलुङ र बडिगाड–५ की सीता कार्की (४०) छन् ।
अञ्दाजी ५ वर्षीया बालिकासहित एक जनाको परिचय खुल्न बाँकी रहेको र जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोलामा कुल पूजाका लागि आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो । कूलपूजाका लागि रिजर्भ गरेर ल्याइएको जीप सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बुर्तिवाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेहरुको थप उपचारका लागि काठमाडौंबाट सेनाको हेलिकप्टेर आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७