धरानमा कर घटाउन नेकपाको निर्देशन


१७ मंसिर २०७६, मंगलवार
Nepal Communist party logo

धरान, १७ मंसिर । धरान उप महानगरपालिकाले लगाएको करको दर पुनरावलोकन गरी घटाउन नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै कर पुनरावलोकन गरी कर घटाउन भनेको हो ।

निर्वाचनका समय जनताको घरदैलो जांदा कर वृद्धिको विषयमा जनताको व्यापक गुनासो र असन्तुष्टि आएको जनाउँदै जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ कालागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउन निर्देशन जारी गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

चुनावी अभियानताका नेकपाका तर्फबाट मेयरका प्रत्यासी प्रकाश राईले करका विषयमा आफु मेयरमा निर्वाचित भए लगतै पुनरावलोकन गर्ने र जनताले तिर्न सक्नेगरी व्यवस्थापन गरिने बताएका थिए । निर्वाचनमा नेकपा पराजित भएपनि जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने काममा नेकपाले अग्रसरता देखाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७