नेपालद्वारा भुटानलाई कीर्तिमानी लक्ष्य, कप्तान ज्ञानेन्द्रद्धारा शतक प्रहार


१९ मंसिर २०७६, बिहीबार
gyanedra

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले भुटानलाई कीर्तिमानी लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन कीर्तिमानी लक्ष्य दिएको हो । टी–२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो लक्ष्य हो ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि–ट्वान्टी आई करिअरको पहिलो शतक प्रहार गरे ।

टि ट्वान्टी आईमा नेपालको लागि यो दोस्रो शतक हो । यस अघि पारसले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए । उनले ज्ञानेन्द्र ५५ बलमा १ सय ७ रन बनाएर आउट भए ।

यसैगरी नेपालका लागि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रन बनाए । उनको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए ।

यसैगरी नेपालक दिपेन्द्रसिंह ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे । भने आरिफ शेख ४ रनमा नट आउट रहे ।
भुटानका कर्मा दोर्जेले २ विकेट लिए ।

कप्तान ज्ञानेन्द्र मल्लको शतक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेको ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानविरुद्ध शतक प्रहार गरे । यससँगै उनी टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

ज्ञानेन्द्रले १८ औं ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि ज्ञानेन्द्र ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रनमा क्याच आउट भए ।

उनी ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभर सम्म १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए ।
११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउटभएपछि दिपेन्द्र सिंह ऐरीले ज्ञानेन्द्रलाई बलियो साथ दिएका थिए । ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७