नेपाली चेली टीका राना हङकङ सरकारबाट सम्मानित


२० मंसिर २०७६, शुक्रबार
rana

हङकङ, २० मंसिर ।  बागलुङमा जन्मिएकी नेपाली चेली टीका राना हङकङ सरकारबाट सम्मानित भएकी छन् ।

हङकङमा रहेर जातीय एकता कायम गर्न प्रशंसनीय काम गरेको भन्दै रानालाई हङकङ सरकारको गृह मामिला ब्युरोले सम्मान गरेको हो ।

रानाले युनलोङ जिल्लाका जातीय अल्पसंख्यकहरुबीच सामुदायिक एकता बढाउन र उनीहरुको हितका योगदान दिए बापत होम अफेयर्स कमेन्डेसन स्किम अन्तर्गत सम्मान प्रदान गरिएको जनाइएको छ ।

गत सोमबार सेन्ट्रलस्थित सिटिहलको सभा कक्षमा गृह सचीव लाउ कोङ वाह को हातबाट रानालाई पदक तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । नेपालको बागलुङ घर भएकी टीका अहिले हङ्कङमा बस्दै आएकी छन् ।

tika award

हङ्कङको पोलिटेक्निक विश्व बिद्यालयबाट इन्फेक्सन कन्ट्रोल अन्तर्गत स्नातकोत्तर गरेकी रटीका चाइनिज विश्व विद्यालयमा स्वास्थ्यसम्बन्धी रिसर्चर एसिस्टेन्टको रुपमा काम गर्दै आएकी छन् । उनी गैरआवासीय नेपाली संघ हङ्कङकी पूर्व सचिव समेत हुन् । रानाले स्वास्थ्य परिचारिकाको रुपमा ह्ङकङ र नेपालमा समेत निःशुल्क स्वास्थ्य शिविरहरु चलाउँदै आएकी छन् ।

आफूले गरिरहेको सामाजिक कामलाई हङ्कङ सरकारले उच्च रुपमा मूल्याङ्कन गरिदिंदा थप जिम्मेवारी बढेको महसुस भइरहेको र खुशी पनि लागिरहेको उनले बताएकी छन् । ‘पराई भूमिमा सरकारी सम्मान पाउनु गर्वको विषय भएको बताउँदै उनले भनिन्, ‘यो खुशी म सम्पूर्ण नेपालीहरुलाई बाँड्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७