नेपाललाई महिला क्रिकेटले दिलाए कास्य


२१ मंसिर २०७६, शनिबार
womens cricket team

पोखरा, २१ मंसिर । महिला क्रिकेटले १३ औं दक्षिण एसियाली खेलकुद (साग) कास्य पदक जितेको छ । पोखरा रंगाशालामा महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा मालिदभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको हो ।

नेपाललाई ९ रनको सामान्य लक्ष्य नेपालले १.१ ओभरमै हराउँदै कास्य जितेको हो । नेपालको जितमा ओपनर रोमा थापा ५ र काजल श्रेष्ठ २ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भयोे । नेपालको कसिलो बलिङ सामु माल्दिभ्सका १० ब्याट्स वुमेनले खाता खोल्न सकेनन् ।

 विश्व महिला टि ट्वान्टी आईमा याे दोस्रो कम योगफल हो । सबैभन्दा कम योगफलमा मालीको महिला टोली रेवान्डासँग ६ रनमा अल आउट भएको थियो । त्यस खेलमा मालीका १० खेलाडीले खाता खोल्न सकेका थिएनन् । माल्दिभ्सले जोडेको ८ रन मध्य ७ रन अतिरिक्त पाएको थियो ।

नेपाललका लागि स्पिनर अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ४ विकेट लिइन् । यसअघि समुह चरणको खेलमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा ६ विकेट लिदै विश्व कीर्तिमान रचेकी थिइन् ।

कप्तान रुबिना क्षेत्री बेलबासे र सिता राना मगरले २–२ विकेट लिए । करुणा भण्डारी र सुमन खतिवडाको नाममा १–१ विकेट लिए ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग १० विकेटले नै पराजित भएको थियो । श्रीलंकासँग ४१ रनले पराजित भएको थियो ।

स्वर्णका लागि माल्दिभ्स र श्रीलंका महिला टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७