नेकपा सचिवालय वैठककाे तयारी, प्रचण्ड-माधव नेपालबीच गोप्य छलफल


२२ मंसिर २०७६, आईतवार
Prachanda madhav

काठमाडौं, २२ मंसिर । कार्यकारी अध्यक्ष बनेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो वैठकको तयारी थालेका छन् ।

नेकपा अध्यक्ष ‘प्रचण्ड’ ले सोमबार बस्ने सचिवालय बैठकको एजेण्डबारे पार्टीका वरिष्ठ नेताहरुसँग आफ्नै निवास खुमलटारमा परामर्श गरेका छन् । आइतबार बिहान प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल गरेका हुन् ।

प्रचण्ड र नेपालबीच भएको लामो गोप्य छलफलमा पार्टी एकीकरणका बाँकी काम, उपचुनावको समीक्षा, पार्टी संयन्त्रको गतिशिलता, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री लामो समयदेखि स्वास्थ्य उपचारको क्रममा रहेकोले पार्टी र सकार दुवैतिर प्रभावकारी रूपमा काम हुन नसेकको भन्दै यो अवस्थालाई अब अन्त्य गर्नुपर्नेमा दुवै नेताको जोड रहेको स्रोतले बतायो । मंसिर १० गते एपेन्डिसाइटिस शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री बालुवाटार फर्के पनि नियमित काममा फर्किन सकेका छैनन् ।

प्रचण्डले नेपालसँग विशेष छलफल गरेपछि सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेललगायतका नेतासँग परामर्श गरेका थिए । केही समयअघि ओलीले प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि प्रचण्ड पार्टी संचालन र संयन्त्रको सुदृढीकरणमा क्रियाशिल देखिएका छन् । स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल सचिवालय बैठक एजेन्डाबारे परामर्श भएको स्रोतले जानकारी दिएको छ ।

पार्टी एकीकरण भएको डेढ वर्ष वर्ष वितिसक्दा पनि एकीकृत संरचनाहरु चुस्त बन्न सकिरहेका छैनन् । अहिलेसम्म एकीकृत केन्द्रीय समितिको बैठक बस्न सकेको छैन भने स्थायी समितिको बैठक पनि एक वर्षदेखि बस्न सकेको छैन भने पोलिटब्यूरो कमिटी गठन हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७