१३ औं साग : पुरुष क्रिकेटमा नेपाललाई काँस्य पदक


२३ मंसिर २०७६, सोमबार
nepal national cricket team

काठमाडौं, २३ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को पुरुष क्रिकेटमा नेपालले काँस्य पदक हात पारेको छ ।

सोमबार माल्दिभ्सलाई पाँच विकटेले पराजित गर्दै नेपालले काँस्य पदक जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे । नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७