गाउँमा विद्युत लाइन विस्तार


२३ मंसिर २०७६, सोमबार
electricity

बाँके, २३ मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत प्रसारण लाइन विस्तारको काम शुरु भएको छ ।

ठेकेदारको ढिलाइका कारण लामो समयसम्म रोकिएको १३२ केभीको प्रसारण लाइन विद्युतको खम्बा गाडेर विस्तारको काम शुरु गरिएको हो । बिनौनाको धामपुर सबस्टेशनसम्म लाइन पुगिसके पनि सडक छेउमा पोल नगाडदा बस्तीमा विद्युत् सेवा पुर्‍याउन सकिएको थिएन ।

गाउँमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुआत भएपछि स्थानीयहरु खुशी भएका छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पार्वती पुन उषाले पोल गाड्ने कार्यको शिलान्यास गरे ।

राप्तीसोनारी–५ को चिलहरिया, बिनौना, टरुवा, सन्तपुर, जुरपानी, ललही, नयाँ बस्ती, बञ्जरिया, दक्षिण मुलाहा, अलीनगर, रामायणपुर र गोरधुईमा एक वर्ष्भित्र काम सक्ने गरी विद्युत् लाइन विस्तारको ठेक्का रेणु निर्माण कम्पनीलाई दिइएको छ ।

सो निर्माण कम्पनीका प्राविधिक भरतबहादुर खत्रीले एचटी लाइन १५ दशमलव दुई किलोमिटर र एलटी लाइन १६ किलोमिटर विस्तार गरिने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७