३४ वर्षीया युवती बनिन् फिनल्याण्डको प्रधानमन्त्री


२३ मंसिर २०७६, सोमबार
sana

काठमाडौं, २३ मंसिर । नेपालका राजनीतिक दलका नेतृत्व राज्य सरकारको नेतृत्वमा पुग्दा केश पुलिसक्ने भन्दै बहस, चर्चा चलिरहेका बेला फिनल्याण्डमा भने ३४ वर्षीया महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।

प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । मरिन यसअघि यातायात मन्त्री थिइन् ।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् । ‘हामीले विश्वासलाई पुनर्जीवित गर्न धेरै काम गर्नु पर्नेछ’, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु ।’

रिन्नेले राजीनामा दिएपछि सत्तारुढ सोसियल डेमोक्रेटिक पार्टीले सन्नालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । सन्ना नेतृत्वको सरकारमा सदनका ५ दल सहभागी हुनेछन् । जसमा दलको प्रतिनिधित्व पनि महिलाकै नेतृत्वमा हुनेछ । सोसियल डेमोक्रेटिक पार्टीबाट मारिन प्रधानमन्त्री बन्नेछिन् । वामपन्थी गठनबन्धले ३२ वर्षीया ली एन्डरसनले नेतृत्वमा सरकारमा सहभागिता जनाउनेछ ।

ग्रीन लिग पार्टीबाट ३४ वर्षीया मारिया ओसिसालो, सेन्टर पार्टीबाट ३२ वर्षीया क्याट्री कुल्मुनी र स्विडिस पिपुल्स पार्टी अफ फिनल्याण्डबाट ५५ वर्षीया अन्ना हेर्निकसनले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् ।

उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन् । फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ । त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन् ।

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्न गइरहेकी सन्ना आफ्नो परिवारबाट अध्ययनका लागि विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् । उनलाई उनकी आमाले एक्लै पालेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७