गौरिकाले जितिन् चौथो स्वर्ण, बनाइन् नयाँ कीर्तिमान


२३ मंसिर २०७६, सोमबार
Gaurika singh गौरिका सिंह 4 2

काठमाडौं, २३ मंसिर । पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा चौथो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएकी छन् । Gaurika singh गौरिका सिंह 1 gaurika sing thakuri scaled

उनले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै सागमा ४ वटा स्वर्ण पदक जितेकी हुन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।

गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पार्दै चौथो स्वर्ण जितेकी हुन् । शिवांगीको समय ५८.१५ सेकेन्ड रह्यो ।

gaurika sing scaled

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी बनेका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

दीपकले चार वटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् । १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।

gaurika 5 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७