स्वर्ण जित्दै नेपाल साग फुटवलमा फेरि बन्यो ‘च्याम्पियन’


२४ मंसिर २०७६, मंगलवार
football final match

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतिगोगिता (साग) फुटबलमा नेपालले स्वर्ण पदक जित्दै फेरि च्याम्पियन बनेको छ ।

मंगलबार दशरथ रङ्गशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जीत निकाल्दै स्वर्णमा कब्जा जमाएको हो । नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए ।

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कने बित्तिकै विंगर रिजालले नेपालका लागि गोलको खाता खोलेका थिए । खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए ।

खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे । सुनिलको गोल नै खेलका लागि स्वर्ण जित्नका लागि निर्णायक बन्यो । तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो । आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पदकमा पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ । साग फुटबल इतिहासमा पाकिस्तान र नेपालले चार–चार पटक उपाधि जितेका छन् ।

साग फुटवलमा भुटानलाई हराएर स्वर्ण जितेसँगै नेपालको कुल स्वर्णको संख्या ५१ पुगेको छ । नेपाल–भुटानबीच भएको फाइनल खेल हेर्नका लागि दर्शकको भीड लागेको थियो ।
राउण्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।

नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिष्पर्धा भएको हो ।

football 3
selfy 1
selfy 2
m1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७