हिमाली क्षेत्रमा भारी हिमपात हुने, सचेत रहन आग्रह


२६ मंसिर २०७६, बिहीबार
snow fall humla himpat

काठमाडौं, २६ मंसिर । नेपालको पश्चिमी भू–भागबाट हिजो (बुधबार) बेलुकादेखि न्युन चापीय प्रणालीको वायु प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार बेलुका महाशाखाले प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भू–भागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको जनाइएको छ ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हिमपातको सम्भावना रहेको छ ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण पश्चिमी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

शनिबारसम्ममा यो प्रणालीको अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

हिमपातको सिजन शुरु भएकाले हिमाली क्षेत्रको भ्रमणमा रहेकाहरु र हवाई यात्रा गर्नेहरुलाई विशेष सतकर्ता अपनाउन महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७