नेपाल टेलिकमको एफटीटीएच सेवा २५ जिल्लामा


२६ मंसिर २०७६, बिहीबार
nepal telicom

काठमाडौं, २६ मंसिर । नेपाल टेलिकमले विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा चलाउन मिल्ने ‘एफटीटीएच’ अर्थात ‘फाइबर टु द होम’ सेवा उपलब्ध गराइरहेको छ।

काठमाडौं उपत्यकाबाट वितरण सरु गरिएको एफटीटीएच सेवा हाल २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गरिन्छ। जसले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ।

यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले कार्य योजना अघि बढाएको छ। कम्पनीले उक्त सेवालाई ‘एनटी फाइबर’को नाममा ब्राण्डिङ गरेको छ।


यसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार रुपैयाँमा उपलब्ध छ।

हाल एफटीटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर ९सीपीई० र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७