सागका पदक विजेता खेलाडीलाई आज नगर परिक्रमा गराइँदै, यस्तो छ रुट


२७ मंसिर २०७६, शुक्रबार
gold medalist scaled

काठमाडौं, २७ मंसिर । भर्खरै सकिएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई आज (शुक्रबार) नगर परिक्रमा गराइने भएको छ ।

मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० काँस्यसहित २०६ पदक जितेको छ ।

पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालाबाट नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिएका छन् ।

त्रिपुरेश्वरबाट शुरु हुने परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक पुग्नेछ ।

पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रमा टुंगिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७