महिला अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध : मन्त्री गुरुङ


२८ मंसिर २०७६, शनिबार
parbat gurung.00 00 15 13.Still001

काठमाडौं, २८ मंसिर । महिला, बालबालि

का तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मुलुकमा महिला हिंसा अन्त्य गर्दै समाजमा महिला अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा प्रेमनगर महिला सहयोगी संस्थाले आयोजना गरेको बृहत रक्तदान तथा निशुल्क स्वास्थ्य शिविरमा पुगेका मन्त्री गुरुङले महिला हिंसालाई मुलुकबाट अन्त्य गर्नका लागि सरकारले लागि परेको बताएका हुन् । उनले महिला हिंसा अन्त्यको लागि रणनीतिक कार्ययोजना बनाएर अघि बढेको समेत बताएको होे ।

 उहाले वर्तमान सरकार जनताको नजिकको सरकार बनाउने नीति रहेको धारणा पनि राखे ।  उनले जनताको हरेक काममा सरकारले साथ दिने पनि बताए। उनले सामाजिक काममा क्रियाशिल भएर लाग्न सुझाव पनि दिए । 

कार्यक्रममा संस्थाले सामाजिक कार्यमा संलग्न बिभिन्न व्यक्तिहरूलाई स्म्मान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७