एनआईसी एशिया बैंकको एकै साथ ६ नयाँ शाखा संचालनमा


३० मंसिर २०७६, सोमबार
Fullscreen capture 121619 065016 PM yqbSo9Ho7a

काठमाडौं, ३० मंसिर । आई सी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

सोमवार उद्घाटन गर्दै काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेबाट, काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाबाट, काठमाडौं महानगरपालिका वडा नं.१६, माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालबाट, काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीबाट, काठमाडौं महानगरपालिका वडा नं. २८, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीबाट र काठमाडौं महानगरपालिका वडा नं. ३ स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठबाट एक समारोहकाबीच उद्घाटन भयो ।


बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७