‘पब्जी’को विश्वकपमा नेपाल सातौं, जिते १० लाख रुपैयाँ


२ पुष २०७६, बुधबार
Pubji

काठमाडौं, २ पुस । मोबाइल तथा कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’को विश्वकप भएको छ । बनाना कल्चर नामक संस्थाको आयोजनामा साउदी अरबमा पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वल्र्डकप’ भएको हो ।

उक्त प्रतियोगितामा नेपालले सातौँ स्थान हासिल गरेको छ । भने नेपाली टिमले १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) जित्न सफल भयो । नेपालले समूह चरणमा नेपाली टिम ५६ अंकसहित दोस्रो भएको थियो । फाइनलमा भने ४७ अंक मात्र ल्याएर सातौं बन्न पुग्यो ।

प्रतियोगितामा ३२ राष्ट्रहरुले भाग लिएको थिए । मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।
पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर प्राप्त गर्यो । पहिलो भएको रसियाको टिम युनिकले १११ अंक ल्याएको थियो ।

यसैगरि दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर पाएको छ भने तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ ।

चौंथो, पाचौं र छैटौंको पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार र १२ हजार डलर थियो ।

सहभागी टिमलाई दुई समूहमा बाँडेर खेलाइएको थियो । ‘टिम ए’ मा मध्यपूर्व र उत्तर अफ्रिकाका टिमहरु थिए भने बाँकी टिमहरु ‘बी’ मा थिए ।

पब्जीको पूरा नाम ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ हो । सन २०१७ मा मात्रै आएको यो गेम ‘ब्यालट रोयल’ बिधामा पर्छ । यो एकसाथ धेरैजनाले पनि खेल्न सकिन्छ ।

नेपालमा केही समयअघि सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको थियो । तर, पछि अदालतले उक्त प्रतिबन्ध हटाइदिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७