पात्लेखेतमा प्रहरी र स्थानीयको झडप, ६ सेल अश्रुग्याँस प्रहार
काभ्रे : वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयले अरुद्ध गरेको सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
स्थानीयको अवरोध खुलाउन प्रहरीले ६ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका–१ की फूलमाया तामाङको आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेका थिए । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच केहि समय झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्याँस प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।