कांग्रेस बैठक बस्दै नबसी स्थगित, पौडेल–सिटौला अनुपस्थित


२ पुष २०७६, बुधबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, २ पुस । नेपाली कांग्रेसले आज (बुधबार) का लागि तय गरेको केन्द्रीय समिति वैठक बस्दै नबसी स्थगित भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासँग बिच्किएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि आज १ बजेका लागि डाकिएको वैठक पुस ४ गतेसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिएका छन् ।

बरिष्ठ नेता पौडेल १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडानमा छन् । वरिष्ठ नेता पौडेल भने सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडान राख्दै वैठक नै बहिष्कार गरेर बसिरहेका छन् ।

देउवा पक्षले समायोजनको काम पूरा नभएकाले अहिले नै कार्यतालिका ल्याउन नसकिने बताउँदै आएको छ । पौडेल पक्षले आउँदो मंसिरमै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ देउवा पक्ष २०७७ फागुनमा मात्र महाधिवेशन गर्ने बताइरहेको छ ।

गत बिहीबार सभापति देउवाले २८ विभाग बढाएर ४१ पु¥याउनेसहित नौं एजेण्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए । त्यो दिनदेखि चार पटक पौडेलले बैठक बहिष्कार गरेपछि त्यसपछि वैठकका प्रयासहरु विफल बन्दै आएका छन् । पौडेललाई सिटौलाले पनि साथ दिएपछि सभापति देउवा पक्ष थप अप्ठ्यारोमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७