महराको पुनरावेदन रिटमाथि उच्च अदालतमा सुनुवाई हुँदै


३ पुष २०७६, बिहीबार
mahara

काठमाडौं, ३ पुस । बलात्कार आरोपमा कारागारमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदन रिटमाथि उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंको आदेश खारेजीको माग राख्दै महराले पुनरावेदन रिट हालेका थिए । महराको पुनरावेदनपछि उच्च अदालतले अनुसन्धानदेखि थुनामा राख्न दिइएको आदेशको विवरण माग गरेको थियो ।

जिल्ला अदालतबाट विवरण प्राप्त भएपछि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदनको सुनुवाई गर्दैछ ।

जिल्ला अदालत काठमाडौंले प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । महरालाई संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा थुनामा राखिएको छ ।

१२ असोज राति महराले शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए । तर, महराले भने आफूमाथि लागेको आरोप झूटो भएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७