अमेरिका भागेका प्रहरी निरीक्षक पक्राउ


४ पुष २०७६, शुक्रबार
Nepal police

काठमाडौं, ४ पुष । भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उतै लुकेका शसस्त्र प्रहरीका एक अधिकृत पक्राउ परेका छन् । तालिमका लागि अमेरिकामा गएका बेला  लुकेका नायव निरीक्षक (सई) उमेश सिलवाल  पक्राउ परेका हुन् । 

सशस्त्र प्रहरी बलको टोलीले उनलाई हिजो (बिहीबार) लतिलपुरबाट पक्राउ गरेको हो । उनी २० चैत २०६७ देखि उनी संगठनलाई जानकारी नदिई भागेका थिए ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उनी उतै लुकेको पत्ता लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले गत वर्ष भदौमा भगौडा मुद्दामा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो ।

सोही फैसला कार्यान्वायनको क्रममा उनलाई पक्राउ गरी महान्यायधिवक्ता कार्यालयमार्फत कारागार चलान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले बताएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७