ला लिगामा बार्सिलोना विजयी, मेस्सीले पुर्‍याए व्यक्तिगत ५० गोल


६ पुष २०७६, आईतवार
messi 22122019023548 1000x0 1

काठमाडौं, ६ पुस । स्पेनीस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले डेपोर्टिभो आलाभेजलाई ४–१ ले हराएको छ ।

गए राति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन एन्टोइन ग्रिजम्यान, अर्टुरो भिडाल, लियोनल मेस्सी र लुईस सुवारेजले एक एक गोल गरे । लियोनल मेसीले सन् २०१९ को आफ्नो व्यक्तिगत ५० औं गोल गर्दै स्पेनी ला लिगामा बार्सिलोनालाई एलाभेसमाथि शनिबार राति ४–१ को जित दिलाएका हुन् । यस नतिजासँग बार्सिलोनाले घरमा पूरा वर्ष अपराजित यात्रा पूरा गरेको छ ।

messi 2

बार्सिलोनाले सन् २०१९ मा आफ्नो घरेलु मैदान नू क्याम्पमा २४ खेल जितेको छ भने चार खेलमा बराबरी खेलेको छ। सन् २०११ यता यो पहिलो पल्ट बार्सिलोना घरमा अपराजित रहेको हो।
जितपछि बार्सीलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग ३ अंकको अग्रता लिएको छ । १८ खेलबाट बार्सिलोनाको ३९ अंक भएको छ भने १७ खेलबाट रियाल मड्रिडको ३६ अंक छ ।

रियालले आज एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । ला लिगाअन्तर्गत गए रातिका अन्य खेलहरुमा सेभियाले मयोर्कालाई २–० ले हराउँदा भियारियालले गेटाफेमाथि १–० को जित निकाल्यो । भ्यालेन्सीया र रियाल भालाडोलिडले एक एक गोलको बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७