चीनमा भएको अल्ट्रा ट्रेल दौडमा नेपालकी रशिलाले जितिन् स्वर्ण


७ पुष २०७६, सोमबार
23ca63337b3fca215d2c9b09c98c14b0 w1000 h500 cp

काठमाडौं, ७ पुस । चीनको कुनिम प्रान्तमा भएको ५० किलो मिटर अल्ट्रा ट्रेल दौड प्रतियोगिताको उपाधि नेपालकी रशिला तामाङले जितेकी छिन्।

जीओजी माउन्टेन क्रसिङ टाइटलको उक्त दौड प्रतियोगिता दुई हजार मिटर उचाईको कुनिम शहरबाट सुरु भएर ४ हजार २ सय सम्मको २१ राष्ट्रका सयौं धावक तथा धाविकाहरुलाई पछि पार्दै महिलातर्फ प्रथम बनेकी रशिला तामाङले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी छिन् । रशिलासँगै ३ सय ३७ महिला तथा पुरुष धावक धाविका दौडमा उत्रिएका थिए। उनले निर्धारित दुरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्। रशिला समग्रमा छैटौं तथा महिलातर्फ प्रथम भएकी हुन्।

 धाविका रशिलाले साता दिन अघि मात्रै ४२ किलोमिटर एभरेस्ट म्याराथनको उपाधि जितेकी थिइन्। महिला पुरुष माउन्टेन क्रसिङको ट्रेल दौडको उपाधि भने चाइनाका धावक यान लुङ फेइले जिते।

79791509 494339474532065 1150350236535750656 n

प्रतियोगितामा नेपालका दुर्गाराज बुढा दोस्रो र दामोदर बुढा मगर तेस्रो बनेका थिए। विश्वमा आकर्षक अल्ट्रा ट्रैल दौडको मोह नेपाली धावकहरुमा बड्दो छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७