विमानस्थलमा पर्यटकमैत्री व्यवहार गर्न सवारी चालकलाई मन्त्री भट्टराईको आग्रह


९ पुष २०७६, बुधबार
Yogesh Bhattarai Tourim scaled

काठमाडौं, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा पर्यटकमैत्री व्यवहार गर्न आग्रह गरेका छन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट पर्यटन ट्याक्सी इकाइले बुधबार आयोजना गरेको कार्यक्रममा अतिथि देवो भवः भन्ने भनाइ नै रहेको बताउँदै पर्यटकलाई देउता समान व्यवहार गर्न आग्रह गरेका हुन् ।

कार्यक्रमपछि हरियो प्लेटको २०० टयाक्सीमा पर्यटन टयाक्सी इकाईको आफनै खर्चमा निर्माण भएको पर्यटन वर्षको लोगो, स्टिकर तथा प्रचार सामाग्री हाले ।

उनले पर्यटकलाई पहिलो प्रभाव विमानस्थलले नै पार्ने भएकाले गन्तव्यमा पुग्दासम्म राम्रो छाप पार्नु पर्ने बताए । उनले भने, ‘विमानस्थलको सम्पूर्ण चालक, सहचालकहरुको गर्ने व्यवहारले देशकै इज्जत राख्छ । कुनै पनि देशको पाहुना आउँदा पहिलोपल्ट टेक्ने ठाउँ नै अन्तर्राष्ट्रिय विमानस्थल हो । त्यहाँबाट उनले आफ्नो छाप बनाउँदै जान्छ । पहिलो पटक चढेको चालकले राम्रो व्यवहार गरिदिए, देशकै राम्रो छाप पर्छ, अरु हाम्रो कमजोरीहरु विर्सिदिन्छ । हाम्रो बाटो साँघुरो होला , तर हाम्रो सेवा, सद्भावले त्यही कुरा भुल्न मद्दत गर्छ, बिर्सिन्दै जान्छन् ।’

उनले नेपालीहरुको विश्व सामु परिचय इमान्दार, सज्जन छन्, प्रतिबद्ध हुन्छन् भन्ने रहेको समेत बताएका छन् ।

यस्तै उनले विमानस्थलका गाडीहरुको क्षमता बढाउनुपर्ने, पेट्रोलबाट चल्ने गाडीहरु हटाएर इलेक्ट्रोनिक गाडीहरु सञ्चालनमा ल्याइने बताए ।

यस्तै कार्यक्रम एररपोर्ट इकाइको अध्यक्ष बिलबहादुर कार्कीले मन्त्री ले गर्नुभएको आग्रहलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एयरपोर्टको टयाक्सी व्यवसायीहरुले सरकारको नेपाल पर्यटन वर्ष २०२० सफल बनाउने अभियानको साथ समर्थन रहेको बताए ।

यसैगरीनेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यो अभियान प्रदेश न. ३ सँगै देशै भरी गर्ने बताए । नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने सबै यातायत मजदुरहरुले सरकारलाई साथ दिने समेत उनले बताए ।

कार्यक्रमपछि हरियो प्लेटको २०० टयाक्सीमा पर्यटन टयाक्सी इकाईको आफनै खर्चमा निर्माण भएको पर्यटन वर्षको लोगो, स्टिकर तथा प्रचार सामाग्री हाले ।

एयरपोर्ट पर्यटन ट्याक्सी इकाइले पर्यटन वर्ष २०२० को स्टिकर सार्वजनिक तथा चालकहरूका लागि पर्यटकमैत्री व्यवहारबारे प्रशिक्षण कार्यक्रममा गरेको हाे ।

एरयपोर्टमा चल्ने गाडीमा पर्यटन वर्षको प्रचार सामाग्री अनिवार्य
यस्तै मन्त्री भट्टराईले एयरपोर्टमा चल्ने सबै गाडीहरुले पर्यटन वर्षको प्रचार सामाग्री अनिवार्य राख्नु पर्ने बताएका छन् ।

उनले भने, ‘सन २०२० मा आउने २० लाख पर्यटकमध्ये ९० प्रतिशत पर्यटक त्रिभुवन विमानस्थलबाटै आउने छन्, तपाईहरु सबैलाई निवेदन गर्न चाहन्छु, पर्यटन वर्षको लोगो, इस्टिकर, प्रचार गरिदिनुहोस् । यसले सरकारको कदम सहयोग पुग्ने छ ।’

उनले भ्रमण वर्ष नेपालमा पर्यटक भित्र्याउने शुरु वर्ष मात्र भएको बताउँदै अब योजनावद्ध रुपमा पर्यटक भित्र्याउने कार्यक्रमहरु तय हुने बताए । उनले पर्यटकको सुविधाका लागि अबको १० वर्षमा नयाँ टर्मिनल बन्ने समेत जानकारी गराए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमास्थललगायतका विमानस्थलको काम भइरहेको बताउँदै १० वर्षसम्ममा सुविधा सम्पन्न नयाँ विमास्थल निर्माण हुने बताए । सेवा पनि त्यस्तै सुविधा सम्पन्न दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७