एपिएफलाई प्रधानसेनापति महिला फुटबल उपाधि


९ पुष २०७६, बुधबार
apf win

काठमाडौं, ९ पुस । नेपाल एपिएफ क्लबले प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै एपिएफ लगाचार पाँचौं पटक च्याम्पियन बनेको छ । एपिएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए ।

भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा पाँचौं मिनेटमा सुरुको गोलबाट एपिएफले अग्रता लिएको थियो । खेल सकिन १ मिनेट बाँकी रहँदा रेखाले अर्को गोल थप्दै जित निश्चित पारेकी थिइन् । उपाधिसहित एपिएफले ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र भुटानको राष्ट्रिय टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७