नेपाल नर्सिङ संघमा प्राध्यापक मनकुमारी राईको प्यानल विजयी


१० पुष २०७६, बिहीबार
nepal nursing association

काठमाडौं, १० पुष । नेपाल नर्सिङ संघमा प्रगतिशिल प्यानलकी प्राध्यापक मनकुमारी राईको प्यानलै विजयी भएको छ । लाेकतान्त्रिक प्यानलकी प्राध्यापक मुनाराना थापालाई २२० मतले पछि पार्दे अध्यक्षमा प्राध्यापक राई विजयी भएकी हुन् ।


उनले १ हजार २ सय मत प्राप्त गरिन, भने प्राध्यापक थापाले ८ सय मत प्राप्त गरेकी छिन् । बुधबार काठमाडौं सम्पन्न भएको संघको निर्वाचनमा दुई हजार १ सय २० मत खसेको थियो ।

दुवै अध्यक्षका उम्मेदवार महाराजगंग नर्सिङ क्याम्पसका प्राध्यापक हुन् । प्राध्यपक राई गतवर्ष सेवा निवृत्त भएकी थिइन् । राई प्राध्यपक थापाकी गुरु समेत हुन् ।

यसैगरी राईको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, तथा सदस्यहरुमा विजया अधिकारी (खुल्ला), हरि प्रसाद कोजु (जनजाती), सोनु शेर्पा (जनजाती), सपना वि.क (दलित), अन्जु कुमारी महत्तो (मधेशी), कोहिनुर फारुकी (मुस्लीम), अम्बिका पौडेल (अ.न.मि), सीता के.सी (अ.न.मि) रहेका थिए ।

बुधबार देशभरका २१ मतदान केन्द्रमा भएको निर्वाचनमा धरान, विराटनगर, वीरगंज र लमजुङ पेशागत प्यानलले जितेको छ भने बाँकी स्थानमा प्रगतिशील प्यानलले जित हासिल गरेको बताइएको छ ।

नतिजाको औपचारिक घोषणा भने शुक्रबार दिउँसो २ बजे मात्रै हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७