भैंसी करणी गर्दै गरेको देखेपछि वृद्धको हत्या !


१० पुष २०७६, बिहीबार
bhaisi

गुल्मी, १० पुस । नेपाली समाजमा बलात्कार र हत्याका घटना एकपछि अर्को गरी आइरहेका बेला गुल्मीमा भने अनौठो घटना घटेको छ ।

एक ७२ वर्षीया वृद्धाको हत्याको घटना अनुसन्धान र छानविन गर्दै जाँदा ‘भैसी करणी’ को घटनामा जोडिन पुगेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोट देउरालीका ७२ वर्षीय देवीराम भण्डारीको हत्याको रहस्य भैंसी करणीको घटनामा पुगेर जोडिन पुगेको छ ।

पुस ५ गतेको उक्त घटनाबारे प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान लगभग यही निष्कर्षमा पुगेको जनाएको छ । भण्डारी अरु दिनझै त्यस दिन खोलाखेत भन्ने स्थानमा रहेको आफ्नो बेसी गोठमा झरेका थिए । देउराली भन्ने स्थानमा उनको घर र तल खोलाखेत भन्ने बेसीमा अर्कैको खेती अधिया (उब्जनी आधा आधा हुनेगरी) गर्दथे र त्यहाँ भैंसी पालेका थिए ।

उनी प्रायः सधैँ दिउँसो चार बजेदेखि साढे चार बजेभित्र भैंसी दुहुने र घाँसपातलगायतका काम सकेर घर निस्कन्थे । तर त्यस दिन गोठ नजिकैको कुटानी पिसानी मिलमा उनी धेरैबेर अलमलिएको हुँदा त्यस साँझ भैँसी दुहुन ढिला भयो ।


भैंसी दुहुनका लागि गोठमा जाँदा उनले थोरे भैंसीलाई एक जना युवाले करणी गरिरहेको अवस्थामा भेटाए । आफ्नो गोठमा बाँधेको भैंसी करणी गरिरहेको अवस्थामा फेला पारेपछि उनले करणी गर्ने युवालाई थप्पड हाने । त्यसपछि ती युवाले दबदबेको लाठी प्रहार गरेर वृद्धलाई ढालेर गोठमै रहेको सिलौटा प्रहार गरेर उनको हत्या गरे ।

प्रहरी स्रोतले जनाएअनुसार हत्यामा संलग्न तिनै युवा गत वर्ष पनि उनै वृद्धको भैंसी करणी गरेको अवस्थामा फेला परेका थिए । स्थानीय समाजसेवीहरुले उनलाई भैंसी करणी गरेबापत गत वर्ष २५ हजार जरिवाना समेत तिराएका थिए ।

गोठमै देवीराम भण्डारीको हत्या भएको घटनालाई प्रहरीले गत वर्षको सोही घटनालाई केन्द्रमा राखेर अनुसन्धान थालेको थियो । सोही क्रममा प्रहरीले भैसी करणीमा संलग्न चन्द्रकोट गाउँपालिका–८, तुराङ्गका २० वर्षीय युवकलाई अनुसन्धानको निशाना बनायो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा लाठी र ढुङ्गाले हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिएका छन् ।

भैंसी करणी गर्न लागेको बेला देवीराम भण्डारी गोठमा आएपछि आफूलाई एक थप्पड हानेको र रिसको झोंकमा आफूले पहिला दबदबेको लाठीले हानेको र पछि चारपाटे ढुङ्गाले हिर्काएर मारेको बताएका छन् । सरकारी वकिल नभएका कारण निजको बयान लिन बाँकी रहेको एसपी खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७