डा. आशा सिंह नेपाल प्रहरीकाे एआईजीमा बढुवा


१५ पुष २०७६, मंगलवार
dr. asha singh

काठमाडौं, १५ पुष । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरी अस्पतालकी प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई एआईजी बढुवाको लागि सिफारिस गरेको छ ।

  सोमबार गृह सचिव प्रेमकुमार राई अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र प्रहरी महानिरीक्षक सदस्य रहेको समितिले सिंहलाई एआईजीमा सिफारिस गरेको हो।

बढुवाको सिफारिसविरुद्ध उजुरी दिने म्याद सकिएपछि मन्त्रीपरिषद बैठकले डा। सिंहलाई एआईजी बढुवा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७