भ्रमण वर्षमा सहभागी हुन चीन, जमैका र म्यानमारका पर्यटनमन्त्री नेपालमा

मन्त्री भट्टराईद्वारा स्वागत


१५ पुष २०७६, मंगलवार
welcome pahuna

काठमाडौं, १५ पुस । भोलि (बुधबार) बाट औपचारिक रुपमा शुरु हुुने नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन कार्यक्रममा सहभागी हुन विदेशी पाहुना आउने क्रम शुरु भएको छ ।

बुधबार हुने भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुन तीन देशका पर्यटनमन्त्रीलगायत विदेशी पाहुनाको टोली काठमाडौं आइपुगिसकेको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार छिमेकी देश चीनका सहायक पर्यटनमन्त्री मवङ सियाओफेङ नेपाल आइपुगेका छन् ।

yogesh 1 1

यस्तै आइल्याण्ड मुलुक जमैकाका मन्त्री ओन मउङ म्यान्मारका पर्यटनमन्त्री समेत नेपाल आइसकेका छन् । भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका तीन देशका पाहुनाहरुलाई सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् । विदेशी पाहुना आउने क्रम निरन्तर रहने पर्यटन मन्त्रालयले जनाएको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ को यही जनवरी १ (पुस १६ गते) भव्य रुपमा उद्घाटन गर्ने नेपालको तयारी छ । उद्घाटन समारोहमा चीन, भारत, जमैका, म्यान्मारलगायत देशका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् भने १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिति रहने जनाइएको छ ।

yogesh 2 1

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी दिएका छन् ।

yogesh 4

भ्रमण वर्षको तयारीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुरज वैद्यले उद्घाटननको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । जनवरी १ अर्थात पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम शुरु हुने उनले जानकारी दिए । उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने उनले बताए ।

yogesh 3

संयोजक वैद्यले दशरथ रङ्गशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरेको भन्दै सर्वसाधरण तथा आगन्तुकलाई ३ देखी ३ः४५ सम्म भित्र गईसक्नुपर्ने बताएका छन् । भीभीआईपी भने ४ बजे उपस्थित हुने उनले जानकारी दिए । त्यसपछि ७ बजेसम्म कार्यक्रम हुने तालिका रहेको छ ।
कार्यक्रममा नेपाली सांस्कृतिक झाँकीसहित राष्ट्रिय कलाकारमार्फत सांगितिक कार्यक्रम समेत छ ।

त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ । यसबाहेक बुधबार काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उदघाटन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७