टुँडिखेलमा च्यु ल्होसारको खुसियाली (फोटो फिचर)


१५ पुष २०७६, मंगलवार
tamu loshar 10 scaled

 

काठमाडौं,१५ पुस । गुरुङ समुदायको नयाँ वर्ष ल्होसार मंगलबार देशभर गुरुङ समुदायले भव्य रुपमा मनाएका छन् । उनीहरुले आजको दिनलाई पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने दिनको रुपमा मनाउँछन् ।tamu losar 1 scaled


गुरुङ परम्पराअनुसार ‘ल्हो’को अर्थ वर्ष र ‘छार/सार’को अर्थ फेरिनु भन्ने हुन्छ  । त्यसै अनुसार ल्होछाररल्होसार भनिएको हो । मुसा वर्ग सुरु भएकाले गुरुङ समुदायले मुसा अर्थात च्युल्हो समेत भन्ने गरिन्छ । च्युको अर्थ मुसा हुन्छ ।tamu loshar 5 scaled

यसवर्ष मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ । गुरुङ समुदायले वर्ष गणनाका लागि १२ वटा जनावरको नाम राखेका छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग छन् ।tamu loshar 4 scaled

तमु ल्होसारका अवसरमा सरकारले सम्बन्धित जातिलाई मात्र विदा दिने गरेको छ । तर गण्डकी प्रदेश सरकार र केही स्थानीय तहले आफ्नो क्षेत्रमा सार्वजनिक विदा दिएका छन् ।

tamu loshar 8 scaled
काठमाडौंमा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भई ल्होसार मनाएका छन् । गुरुङ समुदायले आफ्नो भेषभूषामा टुँडिखेल वरपर र्‍याली समेत निकालेका थिए । 

 

RS KTM 20191231 0D3A0644e
तस्वीर रासस

त्यस क्रममा उनीहरुले परम्परागत बाजागाजा बजाउनुका साथै घरायसी सामग्री पनि प्रदर्शन गरेका थिए ।tamu losar 6 scaled

 

RS KTM 20191231 0D3A0624i
तस्वीर रासस

तस्वीरहरु

tamu losar 3 scaled

tamu loshar 7 scaled tamu losar 2 scaled tamu 44 scaled tamu 22 scaled tamu loshar 9 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७