पेरुमा सडक दुर्घटनामा ४८ को मृत्यु


१९ पुष २०७४, बुधबार
peru bus accident restricted exlarge 169

लिमा  :  पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ ।peru bus accident restricted exlarge 169
पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए ।
दुर्घटनापछि सो बस एक सय मिटर गहिराइमा झरेको बताइएको छ । गृह मन्त्रालयले आफ्नो वेबसाइटमार्फत यस घटनामा ४८ जनाको ज्यान गएको पुष्टि गरेको प्राप्त समाचारमा जनाइएको छ ।
पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्किले यस घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
यस घटनाले आफूलाई अन्त्यतै दुःखी बनाएको पनि उनले बताए । यस घटनाबाट सात जनालाई भने जिवीतै उद्धार गरिएको थियो । पेरुको नौसेनाले अन्य उद्धारकर्ताको सहयोगबाट उद्धारकार्य जारी राखेको बताएको छ ।
यस घटनामा घाइते भएका व्यक्तिहरुलाई पनि नजिकैको अस्पतालमा उपचारको लागि लगिएको बताएको छ । पेरुमा सन् २०१६ मा भएको सडक दुर्घटनामा दुई हजार ५०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
उद्वारकार्यलाई सशक्त बनाउन राष्ट्रपति पाब्लोले निर्देशन दिएका छन् । यसका लागि पेरुको नौसेना लागिपरेको छ ।
त्यस्तै यहाँको प्रहरीले पनि हेलिकोप्टरको माध्यमबाट उद्वारकार्य जारी राखेको जनाएको छ ।
निकै तीब्र गतिमा आएको बस ट्रकसँग ठोक्किएपछि सडक किनारबाट समुद्री तटमा खसेको थियो । दुर्घटनास्थल निकै अप्ठरो भएकोले उद्वारकार्य पनि गाह्रो भएको बताइएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७