प्रेमीको लिङ्ग काटिदिने प्रेमिकाविरुद्ध चल्यो यस्तो मुद्दा


१७ पुष २०७६, बिहीबार
Mahila Linga kate ko

काठमाडौं, १७ पुस । काठमाडौंको वौद्धमा प्रेमीको लिङ्ग छेदन गरिदिएको आरोप लागेकी एक प्रेमिकालाई ‘अङ्गभङ्ग’ कसुर अन्तर्गत मुद्दा अगाडि बढाइएको छ ।

सरकारी वकिल र प्रहरीबीचको छलफलपछि सरकारी वकिल यो निष्कर्षमा पुगेको हो । ज्यान मार्ने उद्योग वा अङ्गभङ्गमध्ये जुन कसुरमा पनि मुद्दा चल्न सक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगेको जनाइएको छ ।

गत मंसिर २४ गते काठमाडौंको बौद्ध महांकालमा थिङ थरकी प्रेमिकाले आफ्नै कोठामा बोलाएर सुनुवार थरका प्रेमीको लिङ्ग छेदन गरिदिएकी थिइन् । उनीहरु दुवै जना हायात होटलमा काम गर्दै आएका थिए ।

परिवारले स्वीकार नगर्ने भन्दै प्रेमीले छुट्टिन प्रस्ताव गरेपछि आवेगमा आएर प्रेमिकाले लिङ्ग छेदन गरिदिएकी थिइन् । अभियोगपत्रमा प्रेमिकाले कोठामा भेट्न डाकेर चक्कुले लिङ्ग छेदन गरेको दाबी छ । घटनालगत्तै प्रहरीले आरोपित युवतीलाई पक्राउ गरेको थियो । युवाको लिङ्ग छेदन गरेपछि तिनै प्रेमिकाले ओम अस्पतालमा लगेर उपचार गरेकी थिइन् ।

काठमाडौं जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले मुलुकी अपराध संहिताको दफा १९२ को अङ्गभङ्ग गर्न नहुने कसुर अन्तर्गत अभियोग लगाइएको जानकारी दिए ।

उक्त दफा अन्तर्गत महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा ‘अङ्गभङ्ग’ को कसुर मानिने व्यवस्था छ । सरकारी वकिलले १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना मागसहित मुद्दा चलाएको हो ।

विदेशमा लिङ्गच्छेदनका घटना सुनिए पनि नेपालमा घटेको यो घटनाले चकित बनाएको थियो । लिच्छिविकालमा कन्याको मञ्जुरी बिना जबरजस्ती करणी गरेमा पुरुषको लिङ्ग छेदन गरी मृत्युदण्ड दिने व्यवस्था रहेको प्राचीन इतिहासमा भेटिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७