मोबाइल वालेटबाट हुने कारोबारको सीमा बढ्यो, बैंकले एटिएममा गार्ड राख्नु नपर्ने


१७ पुष २०७६, बिहीबार
581 Shares
Rastra Bank

काठमाडौं, १७ पुस । राष्ट्र बैंकले मोबाइल वालेटबाट हुने कारोबारमा अधिकतम सीमा बढाएको छ।

भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गर्दै बैंक खाताबाट वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुर्याइएको छ। अब बैंक खाताबाट एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर गर्न सकिनेछ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाखसम्म ट्रान्सफर गर्न सकिन्छ। एजेन्ट वा सब एजेन्टबाट प्रतिदिन २५ हजार तथा प्रतिमहिना १ लाख पुर्याइएको छ। यसअघि प्रतिदिन १५ हजारको सीमा थियो। एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारसम्म पठाउन सकिनेगरी व्यवस्था गरिएको छ।

त्यस्तै मोबाइल तथा इन्टरनेट बैंकिङबाट प्रतिदिन ५० हजार वा प्रतिमहिना अधिकतम २ लाख तथा इन्टरनेट बैंकिङ प्रतिदिन १० लाखसम्म गर्न सकिने व्यवस्था गरिएको छ। एटिएमबाट एक पटक २५ हजार रुपैयाँसम्म र दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था यथावत राखिएको छ।

jagdamba.cement
rbbbb

राष्ट्र बैंकले एटिएममा २४ सैं घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्थालाई पनि परिमार्जन गरेको छ। सुरक्षा गार्डको सट्टा २४ सै घण्टा मोनिटरिङ गर्नुपर्ने व्यवस्था गरेको हो।

transaction

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७