प्रकाशमान सिंहको चुनावी खर्च १७ लाख ३० हजार रुपैयाँ !


१९ पुष २०७४, बुधबार
Prakashman singh congress nepoal leaders

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रकाशमान सिंहले चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन्।prakash man singh

काठमाडौ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सिंहले १७ लाख ३० हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण पेस गरेका छन् । निर्वाचन भएको ३५ दिन भित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान अनुसार उनले बुधवार बुझाएको युपि लामिछानेले बताएका छन् ।

जसमा सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा भएको उल्लेख छ। यो शीर्षकमा सिंहको ६ लाख खर्च भएको उल्लेख गरिएको छ। त्यसपछि सबैभन्दा बढी खर्च सवारी साधन परिचालनमा भएको उल्लेख छ। जसमा २ लाख ६० हजार खर्च भएको उल्लेख छ। निर्वाचन आयोगले केहीदिनअघि निर्वाचन खर्च विवरण बुझाउन प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उम्मेदवारहरुलाई अपिल गरेको थियो।

निर्वाचन अाेयाेगले प्रतिनिधिसभाकाे निर्वाचनमा २५ लाख सम्म खर्च गर्न पाउने व्यवस्था ताेकेकाे थियाे ।
काठमाडौँ क्षेत्र नम्बर १ बाट सिंहले निकटतम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पराजित गरेका थिए।

खर्च विवरणको पूर्णपाठ chunabi kharcha prakash man singh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७