राष्ट्रिय भवन संहिता मौलिकरूपमा परिमार्जन


१८ पुष २०७६, शुक्रबार
77 Shares
samsad bhawan संसद भवन

काठमाडौं, १८ पुस । राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिक रूपमा परिमार्जन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ ।

विसं २०७२ वैशाखको भूकम्प र त्यसपछि पटक–पटकको परकम्पका कारण निजी तथा सार्वजनिक भवनमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्राधिकरणको सक्रियतामा शहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको हालैको बैठकले परिमार्जित संहिता पारित गरेको एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।

संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलिक भवन संहिता बनेको उनले बताए । यसअघि राष्ट्रिय भवन संहिता भारतलगायत देशले निर्माण गरेको आधारमा बनाइएको थियो । परिमार्जित संहिताअनुसार डिजाइन निर्देशिका बन्ने छ ।

jagdamba.cement
rbbbb

निर्देशिकाका आधारमा मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ । नेपालको भूकम्पीय जोखिम, भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको एकाइ (भवन) का आयोजना निर्देशक प्याकुरेलले बताए ।

‘यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन संहिता हो, हामीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा बलियो संरचना मात्र बनाएनौँ, त्यसको संहिता पनि परिमार्जन गरेका छौं’, उनले भने ।

एकाइ (भवन) ले २०७४ मंसिरदेखि संहिता परिमार्जन शुरु गरेको थियो । त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकार भएका सङ्घसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेज, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत् अन्तक्र्रिया तथा कार्यशाला गरिएको थियो । संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा पनि तयार गरिएको छ । संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्ने छ ।

संहिता परिमार्जनका लागि मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको थियो । त्यसैगरी, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७