अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन


१९ पुष २०७६, शनिबार
us america

काठमाडौं, १९ पुस । अमेरिकाले आफ्ना नागरिकलाई यथासम्भव छिटो इराक छोड्न निर्देशन दिएको छ । आफ्नो सेनाको हवाई आक्रमणबाट शुक्रबार इरान समर्थित क्यूद फोर्सका प्रमुख मारिएको केही घण्टापछि नै अमेरिकाले यस्तो आग्रह गरेको हो ।

इराकमा इरान समर्थित क्यूद फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएपछि समस्य उत्पन्न हुन सक्ने आंकलन गर्दे इराकस्थित अमेरिकी दूतावासद्वारा जारी एडवाइजरीमा गरेको हो ।

इराकस्थित अमेरिकी दूतावासद्वारा जारी एडवाइजरीमा इराक लगायतका क्षेत्रमा बढी रहेको उच्च तनावका कारण आफ्ना नागरिकलाई इराक छाड्न भनिएको छ । सकेसम्म विमान

सोलेमानी मारिए लगत्तै ट्रम्पले ट्विटरमा अमेरिकी झण्डा राखेका छन् । गत शुक्रबार इरान समर्थित इराकी मिलिसियामाथि अमेरिकाले गरेको सैन्य कारबाहीको विरोधमा भएको प्रदर्शनका क्रममा इराकस्थित अमेरिकी दूतावासको बाहिरी पर्खाल भत्काइएको थियो । त्यसलगत्तै ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७