अवैध मदिरा नष्ट


२० पुष २०७४, बिहीबार
madira 1

त्रिशूली (नुवाकोट) : अवैधरुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले समातेको घरेलु मदिरालाई विदुरमा नष्ट गरिएको छ ।

madira 1

 

सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीका बजारमा बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीबाट एक हजार १५० लिटर घरेलु मदिरा बरामद भएको र ती मदिरालाई नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । ककनी प्रहरी चौकीले नियन्त्रणमा लिएको ४०० लिटर पनि नष्ट गरिने प्रहरीले जनाएको छ ।

सदरमुकाम क्षेत्रमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पाइएपछि प्रहरीले मदिरा उत्पादन गर्ने ग्रामीण क्षेत्रमा कडाइ गर्दै मदिरा बरामद गर्न थालेको हो । अवैध र अस्वस्थरुपमा उत्पादन भएका रक्सीले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै प्रहरीले सदरमुकाममा रक्सी नियन्त्रण गर्ने अभियानअन्तर्गत निगरानी बढाएको हो ।

madira 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७