विमानस्थलबाट फेरि सुनसहित दुई पक्राउ, सुन तस्करीको शैली ‘क्याप्सुल’


२० पुष २०७६, आईतवार
gold 1

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित फेरि भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन् ।

यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट पनि दुई सय ग्राम हिरा बरामद भएको छ । भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।

पछिल्लो केहि दिनयता विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ पर्ने क्रम बढेको छ । यसअघि विमानस्थलबाट एक पटक आधा किलो र अर्को पटक दुई किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७