केन्यास्थित अमेरिकी सैन्य आधारक्षेत्रमा आक्रमण हुँदा तीनको मृत्यु


२१ पुष २०७६, सोमबार
357 Shares
99322598 alqq

केन्या, पुस २१ । केन्यास्थित अमेरिकी सैन्य आधारक्षेत्रमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अमेरिकी सैन्य सेवा सदस्य तथा दुई ठेकदार रहेका छन्।

इस्लामिक लडाकु समूह अल-शबाबले आइतबार गरेको आक्रमणमा केन्याको तटिय क्षेत्र लामुमा उनीहरू मारिएका हुन्। अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्ना दुई सुरक्षा सदस्य घाइते भएको पनि जनाएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हाल घाइते अमेरिकीहरुको अवस्था स्थिर रहेको छ र उनीहरूलाई यहाँबाट सारिदैछु, अमेरिकी सेनाको अफ्रिकी कमाण्डले आफ्नो विज्ञप्तीमा भनेको छ। घटनाका प्रत्यक्षदर्शीका अनुसार मन्डा द्वीपमा रहेको क्याम्प सिम्बाुमा घटनाका बेला धुँवाको मुस्लो देखिनुका अलावा बन्दुक चलेको आवाजहरू आएको थियो।

केन्याको सुरक्षा निकायले मन्डा स्थित मन्डा एयर स्ट्रिपमा सुरक्षा घेरा तोड्ने प्रयास भएपनि त्यसलाई असफल तुल्याइएको जनाएको छ। इस्लामिक लडाकु समूह अल-शबाब आतंकवादी संगठन अल काइदासँग सम्बन्ध रहेको छ भने उनीहरूको मुख्यालय छिमेकी मुलुक सोमालियामा रहेको छ।

jagdamba.cement
rbbbb

एक दशक अघि गठन भएको यस समूहले समय(समयमा यस्ता आक्रमणहरू गर्दै आइरहेको छ। यसै वर्ष डिसेम्बर २० पनि उनीहरूले सोमालियाको राजधानी मोगादिसुमा गराएको विस्फोटमा करिब ८० जनाको निधन भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७