सेन्ट इटिएनमाथि पीएसजीको सानदार जित, इकार्डीको ह्याट्रिक


२४ पुष २०७६, बिहीबार
PSG Win 2

काठमाडौं, २४ पुस (एजेन्सी) ।फ्रेन्च लिग कपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सेन्ट इटिएनमाथि  सानदार जित निकालेकाे छ ।   बुधबार राति घरेलु मैदानमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ६–१ सानदार जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

मोउरो इकार्डीको ह्याट्रिकसँगै स्टार फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे । एक गोल उपहार पाएको थियो । योहान कावायले सान्त्वना गोल फर्काए । खेलको दोस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट इटिएन १० खेलाडीमा सीमित बन्यो । फोफानाले डि मारियालाई फउल गर्न पुगेका थिए । इटिएन १० खेलाडीमा समेटिएको फाइदा पीएसजीले उठायो ।

३९औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा जेसी मौलिनले आत्मघाती गोल गरेपछि पीएसजी पहिलो हाफमा ४–० ले अघि बढेको थियो । ४९औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी खेलमा ५–० ले अघि बढ्यो । एम्बाप्पेकै पासमा इकार्डीले ५७औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

६७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–० को फराकिलो जिततर्फ अग्रसर गराए । ७१औं मिनेटमा योहान काबायीले गोल गरेपनि सेन्ट इटिएन ६–१ ले पराजित हुन पुग्यो ।

बुधबार राति नै लिलले एमेन्सलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । यससँगै फ्रेन्च कपमा सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । प्रतियोगितामा पीएसजीसँगै स्टेड रेम्स, लियोन र लिल सेमिफाइनलमा पुग्न सफल भए । सेमिफाइनलको तालिका सार्वजनिक भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७